काठमाडौं - गएराति भएको च्याम्पियन्स लिगको दोस्रो लिगको सेमिफाइनल खेलमा रियल मड्रिडले आश्चर्यजनक प्रदर्शन गरेको छ । पहिलो लिगमा १ गोलले पछि परेको मड्रिडले दोस्रो लिगमा भने एक गोलकाविरुद्ध तीन गोल गरेर समग्रमा ६-५ ले जित हासिल गरेको छ ।
सेमिफाइनलको पहिलो लिगमा ४-३ ले म्यानचेस्टर सिटीसँग पराजित भएको मड्रिडले दोस्रो लिगमा सिटीलाइ ३-१ ले हराउँदै सबैलाइ चकित पारेको छ । खेलको ७३ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए तर खेलको ९० औं मिनेटमा रियलका लागि रोड्रिगोले पहिलो गोल गरेर खेल बराबरीमा लगे ।
त्यस्तै, खेलको ९१ औं मिनेटमा रोड्रिगोले फेरि अर्को गोल गरे । त्यसपछि समग्रमा खेल ५-५ को स्थितिमा पुग्यो । त्यसपछि खेलमा ३० मिनेटको अतिरित्त समय थपियो । खेलको ९५ औं मिनेटमा करिम बेन्जमाले पेनाल्टीबाट गोल गर्दै रियललाइ ३-१ को जित दिलाए र समग्रमा ६-५ गोलले रियलले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।