Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एकदिवसीयमा आज नेपाल र जिम्बावे ‘ए’ भिड्दै

एकदिवसीयमा आज नेपाल र जिम्बावे ‘ए’ भिड्दै

  • शुक्रवार, बैशाख २३ २०७९

  • 866
    SHARES

  • एकदिवसीयमा आज नेपाल र जिम्बावे ‘ए’ भिड्दै

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो ।

    टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, जिम्बावेविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।

    जिम्बावे पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । यस अघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।


    शुक्रवार, बैशाख २३ २०७९०६:३८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij