काठमाडौँ । पहिलो एकदिवसीयमा नेपाल पाहुना टोली जिम्बावे ’ए’ सँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा आज नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो ।
जितसँगै जिम्बावेले तीन खेलको सिरिज १–० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल भोली हुनेछ । यस अघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो ।