Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

  • आइतवार, बैशाख २५ २०७९

  • 640
    SHARES

  • म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

    काठमाडौं – म्यानचेस्टर युनाइटेडले ब्राइटन एन्ड होभ अल्वियोनसँग ४–० को लज्जास्पद हार व्यहोरेको छ । यो हारसँगै म्यानचेस्टर युनाइटेडे अर्को सिजनको च्याम्पियन्स लिग छनोटबाट पनि बाहिरिएको छ ।

    खेलको सुरुवातबाटै खराब प्रदर्शन गरेको युनाइटेडले अन्तिम समयसम्म पनि खराब प्रदर्शन गरेको थियो । खेलको १५ औँ मिनेटमा ब्राइटनका लागि मोइसेस काइसेडोले पहिले गोल गरेका थिए भने खेलको ४९ औँ मिनेटमा मार्क कुकुरेलाले दोस्रो गोल गरे ।

    त्यस्तै, खेलको ५७ औँ मिनेटमा ब्राइटनका पास्कल ग्रोसले तेस्रो गोल गरे भने खेलको ६० औँ मिनेटमा लियान्ड्रो टोसार्डले चौथो गोल गरि आफ्नो टिम ब्राइटनको जित सुनिश्चित गरे ।

    यो हारसँगै युनाइटेडको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सपनामा पनि ब्रेक लागेको छ ।


    आइतवार, बैशाख २५ २०७९११:१३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij