Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अन्तिम एकदिवसीयमा आज नेपाल र जिम्बावे ‘ए’ भिड्दै, दुवैको सिरिज जित्ने दाउ

अन्तिम एकदिवसीयमा आज नेपाल र जिम्बावे ‘ए’ भिड्दै, दुवैको सिरिज जित्ने दाउ

  • सोमवार, बैशाख २६ २०७९

  • 316
    SHARES

  • अन्तिम एकदिवसीयमा आज नेपाल र जिम्बावे ‘ए’ भिड्दै, दुवैको सिरिज जित्ने दाउ

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावेबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

    आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ । तीन खेलको सिरिज १–१ को स्थितिमा रहेको छ । पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।

    जिम्बावे पनि जित निकाल्दै सिरिज जित्ने योजनामा रहेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो । यस अघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो ।


    सोमवार, बैशाख २६ २०७९०६:२८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij