Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

न्यूकाशलमाथि गोल वर्षाउँदै सिटी उपाधि नजिक

न्यूकाशलमाथि गोल वर्षाउँदै सिटी उपाधि नजिक

  • सोमवार, बैशाख २६ २०७९

  • 524
    SHARES

  • न्यूकाशलमाथि गोल वर्षाउँदै सिटी उपाधि नजिक

    काठमाडौं– न्यूकाशलमाथि गोल वर्षाउँदै म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ । म्यानचेस्टर सिटीको घरेलु मैदान एतिहाद स्टेडियममा गए राति भएको खेलमा सिटीले न्यूकाशललाई ५–० गोलले पराजित गरेको छ । यो जितसँगै सिटी इंग्लिश प्रीमियर लीगको उपाधि नजिक पुगेको छ ।

    म्यानचेस्टर सिटीका स्ट्राइकर रहिम स्टर्लिङले खेलको १९ औं मिनेटमा पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३८ औं मिनेटमा सिटीका डिफेन्डर एमेरिक लापोर्टेले सिटीका लागि दोस्रो गोल गरे । दोस्रो हाफमा सिटीका लागि रोड्री, फिल फोडेन, र स्टर्लिङले एक एक गोल थप्दै सिटीलाई शानदार जित दिलाए ।

    यो जितसँगै म्यानचेस्टर सिटी इंग्लिश प्रीमियर लीगको उपाधि नजिक पुगेको छ । ३५ खेलपछि सिटी ८६ अंक सहित शीर्ष स्थानमा रहेको छ भने सिटीको मुख्य प्रतिस्पर्धी लिभरपुल ३५ खेलमा ८३ अंक सहित दोस्रो स्थानमा रहेको छ । अब सिटी र लिभरपुल दुवैले समान तिन तिन वटा खेल खेल्न बाँकि छ ।


    सोमवार, बैशाख २६ २०७९१०:१४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij