Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

युगान्डाविरुद्धको टी–ट्वान्टी सिरिज खेल्ने राष्ट्रिय महिला टोलीको घोषणा

युगान्डाविरुद्धको टी–ट्वान्टी सिरिज खेल्ने राष्ट्रिय महिला टोलीको घोषणा

  • बुधवार, बैशाख २८ २०७९

  • 677
    SHARES

  • युगान्डाविरुद्धको टी–ट्वान्टी सिरिज खेल्ने राष्ट्रिय महिला टोलीको घोषणा

    काठमाडौँ । युगान्डाविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

    नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी–ट्वान्टी सिरिज खेल्नेछ । त्रिवि क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ । नेपाल र युगान्डाबीचको पहिलो टी–ट्वान्टी जेठ २ गते हुनेछ ।

    टोलीमा रुबिना क्षेत्रीसहित सीता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, अश्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, बिन्दु रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरणमायी रोय र ऋतु कनोजिया रहेका छन् ।


    बुधवार, बैशाख २८ २०७९०३:१६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij