Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

  • बिहिवार, बैशाख २९ २०७९

  • 310
    SHARES

  • इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

    काठमाडौं । इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएको हो ।

    निर्धारित समयको खेल २-२ गोलको बराबरीमा समाप्त भएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा मिलानले दुई गोल थप्यो ।

    इन्टरका लागि निकोला बरेला,हाकन गोल गरे । अतिरिक्त समयमा इभान पेरिसिचले महत्त्वपूर्ण दुई गोल गरे । युभेन्ट्सका लागि एलेक्स सान्ड्रो, डुसन भाल्होभिच्ले गोल गरे । इन्टरले सन् २०११ पछि पहिलो पटक कोपा इटालियाको उपाधि जितेको हो ।


    बिहिवार, बैशाख २९ २०७९०७:४५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij