Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आलिया भट्ट अभिनित ‘सडक २’ को ट्रेलरले तोड्यो ‘डिस्लाइक’ को रेकर्ड, कारण यस्तो छ

आलिया भट्ट अभिनित ‘सडक २’ को ट्रेलरले तोड्यो ‘डिस्लाइक’ को रेकर्ड, कारण यस्तो छ

  • शुक्रवार, श्रावण ३० २०७७

  • 1.1K
    SHARES

  • आलिया भट्ट अभिनित ‘सडक २’ को ट्रेलरले तोड्यो ‘डिस्लाइक’ को रेकर्ड, कारण यस्तो छ

    एजेन्सी । दिवंगत अभिनेता सुशान्तसिंह राजपुका प्रशंसकहरुले उनको मृत्युको खबरलाई आजसम्म पनि स्विकार्न तयार छैनन् । उनको मृत्युले ब्युँताएको नेपोटिजम, ग्रुपिज्म, इनसाइडर र आउटसाइडरको विषयले चर्काचर्की पाइरहेको छ । 

    सामाजिक सञ्जालमा सुशान्तका प्रशंसकको आक्रोशको क्रम रोकिएको छैन । यसकै उपज महेश भट्टको चलचित्र ‘सडक २’ को ट्रेलरमा देखिएको छ 

    दर्शकले सडक २ को ट्रेलरलाई डिसलाइक पाउने पहिलो चलचित्रको विश्व कीर्तिमानी बनाउने तयारीमा छन् । १२ अगस्तमा रिलिज भएको ट्रेलरले रिलिजको १५ घण्टामै ४.२ मिलियन डिसलाइक पाइसकेको छ । अहिलेसम्म ट्रेलरले २ लाख बढी लाइक र ४७ लाखभन्दा बढी डिसलाइक पाइसकेको छ ।

    अहिलेसम्म ४ लाखन्दा बढी कमेन्ट पाइसकेको ट्रेलरमा नकारात्मक कमेन्टको चर्चा बढी देखिएको छ । कति दर्शकले डिसलाइक गर्न मात्रै ट्रेलर युटयुबमा खोजेर डिसलाइक गरेको पनि कमेन्टमा लेखेका छन् । 

    एक दर्शकले कमेन्ट गरेका छन्, “यदि स्टार बनाउने शक्ति पब्लिकमा छ भने तल झार्ने शक्ति पनि पब्लिकसँगै छ ।” सर्वाधिक डिसलाइक कमाइरहेको ट्रेलर ट्रेन्डिङ १ मा आएको छ ।

    महेश भट्टको निर्देशनमा बनेको चलचित्र सडक २ डिज्‍नी प्लस हट स्टारमा २८ अगस्तमा रिलिज हुँदै छ । ‘सडक २’ मा सञ्जय दत्त, आलिया भट्ट, पूजा भट्ट, आदित्य रोय कपुर, गुलसन ग्रोबरलगायत कलाकारको अभिनय छ । 


    शुक्रवार, श्रावण ३० २०७७०२:३९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij