Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु, एक जना बेपत्ता

दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु, एक जना बेपत्ता

  • बिहिवार, बैशाख २९ २०७९

  • 941
    SHARES

  • दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु, एक जना बेपत्ता

    काठमाडौं । दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दाङको बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवाकी १५ वर्षीय गौरव सुवेदीको मृत्यु भएको छ ।

    बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा पौडी खेल्न पुगेका सुवेदी डुबेको अवस्थामा मृत फेला परेका थिए । उनको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

    त्यस्तै घोराही उपमहानगरपालिका १७ स्थित ढिकपुरमा रहेको कृत्रिम जलाशयमा नुहाउने क्रममा डुबेर स्थानीय ३० वर्षीया विमला घर्तीमगरको मृत्यु भएको छ । बिहीबार बिहान जलाशयमा नुहाउन गएको बेला उनी चिप्लिएर डुबेकी थिइन् । उनको शवको पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको दाङका प्रहरी प्रवत्ता मुकुन्द रिजालले जानकारी दिए ।

    त्यस्तै बवई नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोर बेपत्ता भएका छन् । बिहीबार दिउँसो १ बजेतिर बबईमा नुहाउन गएको समयमा घोराही उपमहानगरपालिका १० नारायणपुरका १६ वर्षीय प्रसान्त वली बेपत्ता भएका हुन् ।

    उनी तुलसीपुर उपमहानगरपालिका ११ मा मामा घर गएका बेला पौडी खेल्न गएका थिए । उनको खोजी कार्य भइरहेको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।


    बिहिवार, बैशाख २९ २०७९०७:४९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij