Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महोत्तरीको गौशाला नगरपालिकामा मतदान प्रक्रिया अवरुद्ध

महोत्तरीको गौशाला नगरपालिकामा मतदान प्रक्रिया अवरुद्ध

  • शुक्रवार, बैशाख ३० २०७९

  • 636
    SHARES

  • महोत्तरीको गौशाला नगरपालिकामा मतदान प्रक्रिया अवरुद्ध

    काठमाडैं – महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ । गौशाला–९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुईवटा मतपत्र फेला परेपछि विवाद चर्किएको हो ।

    जसका कारण करिव एक घण्टादेखि मतदान प्रक्रिया अवरुद्ध बनेको छ । मतदानस्थलवाट स्थानीयले दिएको जानकारीअनुसार फेला परेको दुईवटा मतपत्र मध्ये एउटा नमुना मतपत्र रहेको छ ।

    इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले विवाद मिलाएर मतदान पुनः सुरू गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।


    शुक्रवार, बैशाख ३० २०७९०२:०८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij