Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रुकुम पश्चिमको चौरजहारीमा माओवादी र कांग्रेस–एमाले गठबन्धनबीच कडा टक्कर

रुकुम पश्चिमको चौरजहारीमा माओवादी र कांग्रेस–एमाले गठबन्धनबीच कडा टक्कर

  • शनिवार, बैशाख ३१ २०७९

  • 1.1K
    SHARES

  • रुकुम पश्चिमको चौरजहारीमा माओवादी र कांग्रेस–एमाले गठबन्धनबीच कडा टक्कर

    काठमाडौँ - रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

    केहीबेर अगाडिसम्म माओवादी केन्द्रले अग्रता लिएकोमा अहिले फेरि कांग्रेस अगाडि देखिएको छ ।

    वडा नम्बर १ को ४०२ मत गणना हुँदा कांग्रेस–एमाले गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका प्रेमबहादुर वलीले २१३ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका पुष्प वादीले १७२ मत पाएका छन् ।

    उपप्रमुखका उम्मेदवार बनेका नेकपा एमालेका टंकप्रसाद वलीले १८२ मत पाउँदा माओवादी केन्द्रकी इश्वरी कुमारी शर्मा ९विएम०ले १७९ मत पाएकी छन् ।

    चौरजहारी नगरपालिकामा १४ वटा वडाहरु छन् । वडा नम्बर १ मा १ हजार ४४३ मत खसेको थियो ।


    शनिवार, बैशाख ३१ २०७९०२:३७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij