Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाल युगान्डा दोस्रो खेल खेल्दै, शृंखला बराबर गर्ने मौका

नेपाल युगान्डा दोस्रो खेल खेल्दै, शृंखला बराबर गर्ने मौका

  • मंगलवार, जेठ ३ २०७९

  • 393
    SHARES

  • नेपाल युगान्डा दोस्रो खेल खेल्दै, शृंखला बराबर गर्ने मौका

    काठमाडौं । पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाल दोस्रो खेलमा युगान्डाबिरुद्ध आज खेल्दैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा उत्रदै गर्दा नेपाल शृंखला १-१ को स्थितिमा झार्न चाहन्छ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा युगान्डासंग १२ रनले पराजित भएको थियो ।

    सीता राना मगरको अनुपस्थितिमा बलिङमा सुधारिएको प्रदर्शन गरेको नेपाल ब्याटिङ र फिल्डिङमा भने कमजोर देखिएको थियो ।

    युगान्डालाई १०३ रनमा रोकेको नेपाल ९० रनमा समेटिएको थियो । दोस्रो खेलमा भने कप्तान रुबिना र प्रशिक्षक जगत टमटाले कमजोरी सुधार गर्दै खेलमा फर्कने बताएका छन् ।

    पहिलो खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरेकी थिइन् । नेपाल र युगान्डाबीचको शृंखला पाँच खेलको हुनेछ । नेपाली महिला टिमले घरेलु मैदानमा खेलेको यो पहिलो शृंखला हो ।


    मंगलवार, जेठ ३ २०७९०८:५५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij