Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

८४ अंकले घट्यो नेप्से

८४ अंकले घट्यो नेप्से

  • मंगलवार, जेठ ३ २०७९

  • 707
    SHARES

  • ८४ अंकले घट्यो नेप्से

    काठमाडौं – आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८४ अंकको गिरावट आएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएर पहिलोपटक कारोबार खुल्दा सेयर बजारमा ८४ अंकको गिरावट आएको हो ।

    आज २३ सय ४९ अंकबाट कारोबार सुरू भएको थियो । कारोबार सुरू भएदेखि नै ओरालो लागेको नेप्से परिसूचक २२ सय अंकतर्फ आएर रोकिएको हो । यससँगै, आज १ अर्ब ६४ करोड रुपैयाँ बराबरको ३५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।

    परिसूचक ८५ अंकले घट्दा आज सबै समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा ५९२ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा ४८५ अंकले घटेको छ । यस्तै, विकास बैंक समूह १६३ अंकले घट्दा लघुवित्त समूहमा १४३ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक समूह १४२ अंकले घटेको छ । यीबाहेक अन्य सबै समूहमा गिरावट आएको छ ।

    आज कारोबार भएका तीन वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसबाहेक अन्य ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।


    मंगलवार, जेठ ३ २०७९०४:०५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij