Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

असहमति कायमै छन्, मुलुक डुब्न लागेपछि लचिलो बन्यौँ : ज्ञवाली

असहमति कायमै छन्, मुलुक डुब्न लागेपछि लचिलो बन्यौँ : ज्ञवाली

  • मंगलवार, जेठ ३ २०७९

  • 578
    SHARES

  • असहमति कायमै छन्, मुलुक डुब्न लागेपछि लचिलो बन्यौँ : ज्ञवाली

    काठमाडैं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नौ महिना लामो संसदको अवरोध हटाएको छ ।

    मुलुकको अर्थतन्त्र संकटमा परेकोले संसदमा छलफल गर्नुपर्ने भन्दै अवरोध अन्त्य गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

    स्थानीय तह निर्वाचनले मुलुक एउटा कोर्समा गएकाले संसदको अवरोध हटाउने निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

    यद्यपि, दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउनु र उद्धेश्य पुरा भएपछि फिर्ता लिनु, त्यसमा सभामुख, अदालतजस्ता संवैधानिक निकाय सहयोगी जस्तो बन्नु गलत भएकोले यसमा असहमति कायमै रहेको ज्ञवालीको भनाइ थियो ।

    आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले गएको भदौ २३ देखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।


    मंगलवार, जेठ ३ २०७९०५:४३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij