Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डको क्षेत्रमा एमालेले मार्यो बाजी

प्रचण्डको क्षेत्रमा एमालेले मार्यो बाजी

  • बुधवार, जेठ ४ २०७९

  • 1.4K
    SHARES

  • प्रचण्डको क्षेत्रमा एमालेले मार्यो बाजी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को क्षेत्रमा एमालेले बाजी मारेको छ ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा एमालेले जित हासिल गरेको हो । यसअघि माओवादीले जितेको माडीको मेयरमा यस पटक एमालेकी ताराकुमारी काजी महतो विजय भएकी छन् ।

    निवर्तमान उपमेयरसमेत रहेकी ताराकुमारीले ९ हजार ९०१ मत प्राप्त गर्दै मेयरमा विजयी भईन् भने निकटतम् प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका ऋषिराम काफ्लेले ७ हजार ७२९ मत ल्याएर हार व्यवहोर्नु पर्यो । यसपटकको निर्वाचनमा शीर्ष नेताको निर्वाचन क्षेत्रमा अन्य पार्टीका नेताहरुले जित हात पारेका छन् ।


    बुधवार, जेठ ४ २०७९०९:२०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij