Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

माधव नेपालको गृहनगरमा एकीकृत समाजवादीको जित

माधव नेपालको गृहनगरमा एकीकृत समाजवादीको जित

  • बुधवार, जेठ ४ २०७९

  • 514
    SHARES

  • माधव नेपालको गृहनगरमा एकीकृत समाजवादीको जित

    काठमाडौं । रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीले जितेको छ। सो नगरपालिकामा सोही पार्टीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर समेत हो। गत शुक्रबार उनले गौर नगरपालिका–१ स्थित कन्या प्राथमिक विद्यालयमा मतदान गरेका थिए।

    गौर नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहले ६ हजार ३८१ मत पाएका हुन्। उनलाई पछ्याएका लोसपाका अजयकुमार गुप्ताले ३ हजार ७५५ मत पाए। त्यहाँ कांग्रेस उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत पाए। एमालेका अनिलकुमार मिश्रले भने ८१७ मत मात्रै पाए ।

    उपमेयरमा पनि एकीकृत समाजवादीकै शैलकुमारी साहले जितेकी छिन्। उनले ४ हजार ८०९ मत पाइन्। उनलाई पछ्याएकी कांग्रेसकी शाहजान खातुनले ३ हजार ६८५ मत पाइन्।


    बुधवार, जेठ ४ २०७९०४:५९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij