काठमाडौँ । नेपालले तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली युगान्डालाई जितका लागि १ सय रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित रन जोडिन् । सिता राना मगर १२ रनमा आउट भईन् ।
नेपाल आज युगान्डालाई हराउँदै सिरिज जोगाउने लक्ष्यमा रहने छ । पाँच खेलको सिरिजमा युगान्डा २–० ले अघि रहेको छ । पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो । त्यसैले सिरिज जोगाउन नेपाललाई आज युगान्डाविरुद्ध जितको बिकल्प छैन ।
यता, युगान्डा भने नेपाललाई हराएर दुई खेल अगाबै सिरिज जित्न चाहन्छ । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग भोलि शुक्रबार चौंथो र शनिबार अन्तिम टी–ट्वान्टी खेल्न खेल्नेछ ।