Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आजदेखि शुक्रबार पनि सेयर बजार कारोबार

आजदेखि शुक्रबार पनि सेयर बजार कारोबार

  • शुक्रवार, जेठ ६ २०७९

  • 623
    SHARES

  • आजदेखि  शुक्रबार पनि सेयर बजार कारोबार

    काठमाडौं । आजदेखि सेयर बजार कारोबार शुक्रबार पनि हुन थालेको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलो पटक शुक्रबार समेत सेयर कारोबार हुन थालेको हो ।

    सेयर कारोबार सातामा पाँच दिन हुन्छ । यसअघि आइतबारदेखि बिहीबारसम्म हुने कारोबार अब आइतबार बिदा भएपछि शुक्रबारका लागि सारिएको हो ।

    नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एस्चेन्जलाई शुक्रबार पनि कारोबार खुला गर्न निर्देशन दिएसँगै आजदेखि कारोबार भएको हो । कारोबारको समय भने परिवर्तन गरिएको छैन । सेयर बजारको कारोबार समय ११ बजेबाट ३ बजेसम्म तोकिएको छ ।

    शुक्रबार कारोबार समय सुरु भएको पहिलो सत्रमा बजार केही बढेको छ ।

     


    शुक्रवार, जेठ ६ २०७९१२:४२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij