Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्री झाँक्री भन्छिन् बालेन शाहलाई हाम्रो पार्टीमा स्वागत गर्न चाहन्छु (भिडिओसहित)

मन्त्री झाँक्री भन्छिन् बालेन शाहलाई हाम्रो पार्टीमा स्वागत गर्न चाहन्छु (भिडिओसहित)

  • शुक्रवार, जेठ ६ २०७९

  • 916
    SHARES

  • मन्त्री झाँक्री भन्छिन् बालेन शाहलाई हाम्रो पार्टीमा स्वागत गर्न चाहन्छु (भिडिओसहित)

    काठमाडौं - नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहलाई आफ्नो पार्टीमा स्वागत गर्न तयार रहेको बताएकी छन् । उनले आफूले शाहलाई सफल भएको हेर्न चाहेको पनि बताई्न् ।

    उनले भनिन्–‘म उहाँलाई सक्सेस भएको हेर्न चाहन्छु, उहाँको उमेरमा हामीले निर्वाचन लड्ने मौका पाएनौं, हामी पार्टीको अर्थोडोक्स सिस्टमभित्र बसेकोले विद्रोह गर्न सकेनौं । उहाँले गर्नुभयो । बालेन शाहजीलाई मेरो पार्टीमा वेलकम गर्न चाहन्छु । तपाईँ सक्सेस हुनुहोस ।’

    झाँक्रीले अहिलेको स्थानीय तहको निर्वाचनको परिणाम आफूहरुकोलागि अपेक्षित नै रहेको बताएकी छिन् । उनले आफूहरुको लागि विद्रोह बाध्यता रहेको सुनाईन् । आफ्नो पार्टीले अहिलेको स्थानीय तहको निर्वाचनबाट प्राप्त गरेको परिणामबाट विचलन नभएको उनको भनाई छ । जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

    उनले एमाले विशाल पार्टी नै भएको र अहिले एमालेलाई हराउन आफूहरु काफी नै भएको बताईन् । यसपटक आफूले पनि नेपाली कांग्रेसलाई मत हालेको उनले बताईन् ।

    उनले आफूहरुको पुस्तामा लोकतान्त्रिक प्रक्रियामा हिँड्ने र एक अर्काको सह–अस्तित्व स्वीकार गर्ने संस्कृति रहेको सुनाईन् । उनले आफू अहिलेपनि गठबन्धनकै पक्षमा रहेको स्पष्ट पारिन् । उनले यो गठबन्धन आजको जबरजस्त आवश्यकत्ताले बनेको दाबी गरिन् ।

     

     


    शुक्रवार, जेठ ६ २०७९०१:४६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij