Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बलात्कार प्रकरणको छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

बलात्कार प्रकरणको छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

  • शुक्रवार, जेठ ६ २०७९

  • 671
    SHARES

  • बलात्कार प्रकरणको छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

    काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यौन हिंसाको घटनाको सम्बन्धमा छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।

    सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलासा गरेकी थिइन् ।

    शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए ।

    लगत्तै समामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

    सरकारलाई निर्देशन दिंदै सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, माननीय सदस्यले आफ्नो भनाइ राख्दैगर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’


    शुक्रवार, जेठ ६ २०७९०३:३१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij