Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

युगान्डाविरुद्ध नेपालको पहिलो जित

युगान्डाविरुद्ध नेपालको पहिलो जित

  • शुक्रवार, जेठ ६ २०७९

  • 536
    SHARES

  • युगान्डाविरुद्ध नेपालको पहिलो जित

    काठमाडौं - युगान्डाविरुद्ध घरेलु मैदानमा आयोजित ऐतिहासिक टी-२० शृंखलाको चौथो खेलमा नेपालले पहिलो जित हासिल गरेको छ । अघिल्ला तीनै खेलमा पराजित भएर शृंखला गुमाएको नेपालले विहीबार १५ रनको जित रचेको हो ।

    वर्षाका कारण मैदानमा पानी जमेपछि ढिला सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले इनिङको अन्तिम बलमा सबै विकेट गुमाएर ९७ रनको योगफल खडा गरेको थियो ।

    टस जितनेपालका लागि ओपनर ज्योति पाण्डेले १३ बलमा १७ रनको पारी खेलिन् । ओपनिङमा राम्रो खेलेको नेपालले लामो साझेदारीलाई निरन्तरता दिन सकेन ।

    अर्कि ओपनर ब्याटर बिन्दु रावल १६ रनमा आउट भइन्। तेस्रो क्रममा आएकी ईन्दु बर्मा १ रनमा बोल्ड आउट भइन् ।

    चौथो क्रमकी सीता रानामगर ११ रन बनाएर रनआउट भइन् । त्यसपछि आएका सरीता मगरले २ र कप्तान रुविना क्षेत्रीले १ रनमात्र बनाउन सके । अप्सरी बेगमले ४ र डली भट्टले ६ रनमात्र जोड्न सके ।

    युगान्डाको लागि कोन्की ओन्केले सर्वाधिक ३ विकेट लिइन् । सारा अकितेङले समान २ र जानेत बाबाजीले १ विकेट लिए ।

    ९८ रनको लक्ष्य पछ्याएको युगाण्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रनमात्र जोड्न सक्या्े । युगान्डाको लागि भने ओपनर केविन वेन्को १८ बलमा ११ रन बनाउँदै रन आउट भइन्। अर्की ओपनर लियोना बर्वीले खाता खोल्न सकिनन् । तेस्रो क्रमकी जनेत बाबजीले टिमका लागि सर्वाधिक २१ रनको योगदान गरिन् । रिता न्याण्डो र इभ्ल्यान अन्युपोले समान १६ रनको योगदान गरे ।

    नेपालका लागि डेब्यू खेल खेलेकी हिरनान्माये रोयले सर्वाधिक २ विकेट लिइन् । रुविना क्षेत्री र अस्मिना कर्मचार्य, कविता कुँवरले समान १–१ विकेट लिए ।

    यस अघि सिरिजमा तीन खेल हार्दै सिरिज गुमाएको नेपालका लागि यो सान्तवना जित रहेको छ । नेपालले पहिलो खेल १२ रन, दोस्रो खेल १ विकेट र तेस्रो खेल ६ विकेटले पराजित हुँदै शृंखला गुमाएको थियो ।


    शुक्रवार, जेठ ६ २०७९०५:३४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij