Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

चितवनमा हावाहुरीले लियो ३ जनाको ज्यान

चितवनमा हावाहुरीले लियो ३ जनाको ज्यान

  • शुक्रवार, जेठ ६ २०७९

  • 1.0K
    SHARES

  • चितवनमा हावाहुरीले लियो ३ जनाको ज्यान

    काठमाडौं – चितवनमा हावाहुरीका कारण भएको घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले ३ जनाको मृत्यु भएको बताए ।

    यद्यपी मृतकहरुको सताखत हुन बाँकी रहेको उनको भनाइ छ ।

    उनका अनुसार भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी भरतपुर–१ बसिनेमा रुखले म्याजिक च्यापिदा अर्का एक जनाको मृत्यु भएको छ ।

    आजै नारायणी पुल नजिकै पनि हाराहुरीकै कारण ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका थिए । शुक्रबार साँझ चितवनसहित देशका विभिन्न स्थानमा तीव्र हावाहुरी चलेको थियो ।

     


    शुक्रवार, जेठ ६ २०७९०९:००:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij