Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

महोत्तरीको गौशालामा जसपाले भत्कायो माओवादीको किल्ला

महोत्तरीको गौशालामा जसपाले भत्कायो माओवादीको किल्ला

  • शनिवार, जेठ ७ २०७९

  • 605
    SHARES

  • महोत्तरीको गौशालामा जसपाले भत्कायो माओवादीको किल्ला

    काठमाडौँ - महोत्तरीको गौशाला नगरपालिकामा माओवादीको किल्ला भत्किएको छ ।​ जातीय समीकरण अनुसार महतो जातिलाई मेयर तथा उपमेयरमा टिकट नदिएकै कारण माओवादीको किल्ला भत्किएको गौशालावासीको भनाई छ ।

    ०७४ मा अत्यधिक बहुमतका साथ मेयर उपमेयर सहित निर्वाचित भएका माओवादीको किल्ला भत्काउन जनता समाजवादी पार्टी (जसपा) नेपाल सफल भएका छन् ।

    जसपाका दिपेन्द्र महतोले मेयरमा ८७९९ मत ल्याई निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बिष्णु योञ्जनले ५६२७ मत प्राप्त गरेका छन् ।

    त्यस्तै उपमेयरमा जसपाकी रेनु कुमारी महतोले ८४५५ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी जनकदुलारी साहले ५४९० मत प्राप्त गरिन् । ०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीका शिवनाथ महतो मेयरमा निर्वाचित थिए ।

    गौशाला नगरपालिका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहका गृहनगर हो ।


    शनिवार, जेठ ७ २०७९०१:३१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij