Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इलामको सूर्योदयमा प्रदेश सांसदलाई हराउँदै एसका रणबहादुर विजयी

इलामको सूर्योदयमा प्रदेश सांसदलाई हराउँदै एसका रणबहादुर विजयी

  • शनिवार, जेठ ७ २०७९

  • 724
    SHARES

  • इलामको सूर्योदयमा प्रदेश सांसदलाई हराउँदै एसका रणबहादुर विजयी

    काठमाडौं - प्रदेश १ प्रदेशसभाबाट राजीनामा दिएर इलामको सूर्योदय नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागते पराजित भएका छन् ।

    उनलाई नेकपा एकीकृत समाजवादी पूर्व प्रमुख रणबहादुर राईले पराजित गरेका हुन् ।

    राईले १२ हजार ४३१ मत ल्याउँदा कागतेले १० हजार ५७९ मत ल्याएका हुन् । एमाले उम्मेदवार कागते १ हजार ८५२ मतान्तरले पराजित बने । राई यसअघि पनि सुर्योदय नगरपालिकाको प्रमुख थिए । उनी गठबन्धनको सहयोगमा पुनः मेयरमा निर्वाचित भएका हुन् ।

    उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल ११ हजार ८५४ मतसहित विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १२२ मत ल्याएकी थिइन् ।


    शनिवार, जेठ ७ २०७९०१:४४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij