Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंको उपमेयरमा श्रेष्ठ भन्दा सुनिता २१ हजार बढी मतले अगाडि

काठमाडौंको उपमेयरमा श्रेष्ठ भन्दा सुनिता २१ हजार बढी मतले अगाडि

  • शनिवार, जेठ ७ २०७९

  • 750
    SHARES

  • काठमाडौंको उपमेयरमा श्रेष्ठ भन्दा सुनिता २१ हजार बढी मतले अगाडि

    काठमाडौं – काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले विशाल अग्रता बनाएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा २१ हजार बढीको मतान्तर बनाएकी हुन् ।

    आजको पछिल्लो मतगणना अपडेटअनुसार सुनिताले ३२ हजार ६१५ मत पाएकी छन् । यस्तै सत्ता गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार २७३ मत पाएका छन् ।

    यी दुई उम्मेदवारबीचको मतान्तर २१ हजार ३४२ मत रहेको छ । यस्तै राप्रपाका उपमेयरका उम्मेदवारले पनि एक्लै ५ हजार ८२० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


    शनिवार, जेठ ७ २०७९०२:३५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij