Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अन्तिम खेलमा नेपालद्वारा युगान्डालाई १२४ रनको लक्ष्य

अन्तिम खेलमा नेपालद्वारा युगान्डालाई १२४ रनको लक्ष्य

  • शनिवार, जेठ ७ २०७९

  • 500
    SHARES

  • अन्तिम खेलमा नेपालद्वारा युगान्डालाई १२४ रनको लक्ष्य

    काठमाडौं - युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी-ट्वान्टी क्रिकेटमा नेपालले १ सय २४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

    शनिबार त्रिवी मैदानमा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभमार ६ विकेट गुमाएर १ सय २३ रन बनायो ।

    नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाईन् । सिताराना मगरले १७ रन बनाएको इनिङ्समा इन्दु वर्माले ८ रन बनाईन् । रुबिना क्षेत्री र डोली भट्ट दुवै शुन्य रनमा पोविलियन फर्किए ।

    कविता जोशीले नटआउट १८ रन बबनाउँदा अपसरी बेगम ११ रनमा आउट भईन् । युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक एक विकेट लिए ।

    दुवै टोली अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने योजनामा रहेका छन् । पाँच खेलको सिरिजमा युगान्डा ३-१ ले अघि रहेको छ । 


    शनिवार, जेठ ७ २०७९०३:०४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij