Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अन्तिम टी–२० सिरिजमा नेपालले युगान्डालाई हरायो

अन्तिम टी–२० सिरिजमा नेपालले युगान्डालाई हरायो

  • शनिवार, जेठ ७ २०७९

  • 645
    SHARES

  • अन्तिम टी–२० सिरिजमा नेपालले युगान्डालाई हरायो

    काठमाडौं । भ्रमणकारी युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी–२० आई क्रिकेट सिरिजमा घरेलु टोली नेपालले सानदार जित हात पारेको छ । आज सम्पन्न खेलमा नेपालले युगान्डालाई ३४ रनले पराजित गरेको हो । योसँगै ५ टी–२० आई सिरिजमा युगान्डा ३–२ ले विजयी बनेको छ । नेपालले २ जित र ३ हारसहित सिरिजको अन्त्य गरेको छ ।

    जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन मात्रै बनायो । त्यसअघि कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।

    नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । उनले ४१ बलमा ३ चौका प्रहार गरिन् । यता, कविता जोशी १५ बलमा २ चौका र १ छक्कासहित १८ रनमा अविजित रहिन् । सिताराना मगर १७ रनमा आउट हुँदा अप्सरी बेगमले ११ रन जोडिन् ।

    नेपालकी कपतान रुविना क्षेत्री र डोली भट्ट दुवै शून्य रनमा पोविलियन फर्किइन्। यस्तै, इन्दु बर्माले भने ८ रन जोडिन् । युगान्डाकी कोन्सी एविको र फिओना कुलुमेले १÷१ विकेट लिइन् । युगान्डाले लगातार ३ खेलमा जित निकाल्दै दुई खेल अगावै सिरिज जितिसकेको थियो ।

     


    शनिवार, जेठ ७ २०७९०५:१३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij