Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ब्युटी प्याजेन्ट प्रकरण : बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

ब्युटी प्याजेन्ट प्रकरण : बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

  • शनिवार, जेठ ७ २०७९

  • 797
    SHARES

  • ब्युटी प्याजेन्ट प्रकरण : बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

    काठमाडौं – ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

    एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो मुद्दा राष्ट्रिय चासोको विषय बनेपछि प्रहरीले कारबाही अघि बढाएको हो ।

    भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समितिसमेत बनाएको छ ।

    प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।

    शुक्रबार यो विषय संसद्‍मा समेत उठेको थियो । नेपाली काँग्रेसका सांसद् गगनकुमार थापाले यस विषयमा संसद्को ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले यससम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका थिए ।

     


    शनिवार, जेठ ७ २०७९०६:११:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij