Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मेलिना राई र सन्तोष खरेलको 'लगन जुर्यो घरबार हुनलाई' सार्वजनिक (भिडियोसहित)

मेलिना राई र सन्तोष खरेलको 'लगन जुर्यो घरबार हुनलाई' सार्वजनिक (भिडियोसहित)

  • सोमवार, भाद्र १ २०७७

  • 1.4K
    SHARES

  • मेलिना राई र सन्तोष खरेलको 'लगन जुर्यो घरबार हुनलाई' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका मेलिना राई र सन्तोष खरेलको आवाजमा लगन जुर्यो घरबार हुनलाई सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा गायक स्वयम् खरेलको शब्द संगीत रहेको छ ।

    भिडियोमा अनुप श्रेष्ठ ,अनिता गिरी,शिशिर तिमिल्सिना लगायतका कलाकारको अभिनय रहेको छ । मनोज विष्टको निर्देशन रहेकोगीतमा राज महर्जनले कोरियोग्राफ गरेका छन् भने भिडियोलाई रामकुमार के सीले छायांकन गरेका हुन् ।

    निर्माण पक्षले दिएको जानकारी अनुसार यस गीतको भिडियो कभर प्रतियोगिता पनि चाँडै हुनेछ । प्रतियोगितामा भाग लिन चाहनेहरूले कभर भिडियो बनाउदै गर्दा हुने र कम्पनीको अ‍ौपचारिक घोषणापछि निर्माण कम्पनीकै मेलमा पठाउन सक्ने जानकारी पनि श्रोतलाई दिएको छ ।

    प्रतियोगिताका बिजेताले नगदसहित आगामी भिडियोमा अभिनयको अवसर पनि पाउने छन् । गीतलाई एमबि क्रियशनको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको हो ।

     

     

     


    सोमवार, भाद्र १ २०७७०३:२४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij