Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

धनगढीमा सपथ ग्रहणको विषयमा विवाद

धनगढीमा सपथ ग्रहणको विषयमा विवाद

  • सोमवार, जेठ ९ २०७९

  • 1.3K
    SHARES

  • धनगढीमा सपथ ग्रहणको विषयमा विवाद

    कैलाली – धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउने विषयमा विवाद भएको छ ।

    स्वतन्त्र उम्मेदवार गोपाल हमालले पदभार ग्रहण गरेपनि उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको सपथ गराउने क्रममा विवाद भएको हो ।

    नवनिर्वाचित नगर प्रमुख हमालले धार्मिक शास्त्र अनुसार कार्यभार सम्हालेपछि वडा अध्यक्ष सन्तोष मुडभरी लगायत केही जनप्रतिनिधिले पनि धार्मिक शास्त्रअनुसार पद तथा गोपनीयताको सपथ लिने अडान राखेका थिए । सोही कारण सपथ ग्रहणको कार्यक्रम समेत पछि सारिएको जनाइएको छ ।

    उपप्रमुखसहित निर्वाचित जनप्रतिनिधिहरूलाई ११ बजे पद तथा गोपनीयताको सपथ गराउने कार्यतालिका रहेको थियो ।
    नवनिर्वाचित जनप्रतिनिधि ११ बजे अघि नै उपमहानगरपालिकाको कार्यालयको सभा हलमा बसेका थिए । तर, नगर प्रमुख हमाल भने सभा हलमा छैनन् ।

    उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भने जनप्रतिनिधिहरूको प्रमाणपत्र नआउँदा ढिलाई भएको प्रतिक्रिया दिए । उनीहरूको पद तथा गोपनीयताको सपथ कार्यक्रम ३ बजेपछि हुने जनाइएको छ ।


    सोमवार, जेठ ९ २०७९०१:५७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij