Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा उच्च अंकको गिरावट

शेयर बजारमा उच्च अंकको गिरावट

  • सोमवार, जेठ ९ २०७९

  • 994
    SHARES

  • शेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौं । साप्ताहिक कारोबार पहिलो दिन सोमबार(आज) सेयर बजार उच्च अंकले ओरालो लागेको छ। सरकारले शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि पहिलो पटक सोमबारदेखि बजार सुरु हुँदा नेप्से परिसूचक उच्च अंकले घट्यो। 

    आज सेयर बजार परिसूचक (नेप्से) ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ। ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ५.६९ अङ्कले ओरालो लागेर ४२९.०५ अङ्कमा झरेको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ। कूल २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ मूल्यमा खरिद बिक्री भए। 

    आज कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ। बैंकिङ १७.९६, व्यापार २१.८५, होटेल तथा पर्यटन ७०.६९, विकास बैंक ७५.९२, जलविद्युत् ५३.०९, वित्त ३३.३२, निर्जीवन बिमा १६३.७९, उत्पादन ७२.४४, अन्य ४.०१, लघुवित्त ८४.७८, जीवन बिमा २८५.८८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.४७ अङ्कले ओरालो लागेको छ। 
     
    नेप्सेका अनुसार गुराँस लघुवित्त ६.२०, प्रभु लाइफ इन्स्योरेन्स ५.२६, लुम्बिनी जनरल इन्स्योरेन्स ४.०२, एनएमबी फिफ्टी ४.०१, युनाइटेड इदि मर्दी आरबी हाइड्रोपावरका लगानीकर्ताले ३.९२ प्रतिशतले कमाएका छन्। मिथिला लघुवित्त ५.८९, बिन नेपाल लघुवित्त ५.८७, तेह्रथुम पावर कम्पनी ५.४३, प्रभु इन्स्योरेन्स ५.१४ र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले ५.०४ प्रतिशतले गुमाए।

    कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ। सो बैंकको ४ करोड १५ लाख ९ हजार २६५ बराबरको कारोबार भएको छ।  


    सोमवार, जेठ ९ २०७९०५:४०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij