काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका छन् ।
मंगलबार १५ विद्यार्थी संगठनले संयुक्त रुपमा बुझाएकोे मूल्यवृद्धि खारेजीको मागसहितको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडुले सरकारले आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्न नसक्ने बताएका हुन् ।
उनले विश्वबजार र नेपाल आयल निगमको अवस्थालाई ध्यानमा राखेर केही विकल्प दिन सरकारको दायित्व भएको उल्लेख गर्दै त्यसका निम्ति सरकार लागिपरेको बताए ।
मन्त्री बडूले निगम दैनिक ६ अर्ब ७१ करोड रुपैयाँ घाटामा रहेकाले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने जिकिर समेत गरेका छन् ।