Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

क्रिकेट खेलाडीको तलब बढ्यो

क्रिकेट खेलाडीको तलब बढ्यो

  • बुधवार, जेठ ११ २०७९

  • 416
    SHARES

  • क्रिकेट खेलाडीको तलब बढ्यो

    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीको तलब १० हजारको दरले वृद्धि भएको छ । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले सेन्ट्रल कनट्रयाक्टमा रहेका सम्पूर्ण खेलाडीको मासिक तलब १० हजारको दरले वृद्धि गर्ने निर्णय गरेको छ ।

    यस्तै, क्यानको बोर्ड बैठकले महिला क्रिकेटरको तलबमा समेत वृद्धि गरेको छ । राष्ट्रिय क्रिकेट टिमको ए र बी ग्रेडका खेलाडीको तलब मासिक ६ हजारको दरले र सी ग्रेडका खेलाडीको तलब ५ हजारको दरले वृद्धि गर्ने निर्णय क्यानले गरेको छ । 

    यस्तै, सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक ५ हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गर्ने निर्णय गरेको क्यानले जानकारी दिएको छ ।

    sport.jpg


    बुधवार, जेठ ११ २०७९०२:३३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij