Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बुवाको विरासत छोरालाई

बुवाको विरासत छोरालाई

  • बुधवार, जेठ ११ २०७९

  • 697
    SHARES

  • बुवाको विरासत छोरालाई

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेको प्यानलले विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा एसका केशर बहादुर पुनको प्यानलाई हराउँदै नेकपा एमालेका प्रेमनाथ योगीको प्यानल विजयी भएको हो ।

    पुनलाई ३८९ मतान्तरले पछि पार्दै नेकपा एमालेका योगी विजयी भएका हुन । योगीले १ हजार ५ सय ६ मत प्राप्त गर्नुभएको छ भने नेकपा एसका पुनले १ हजार १ सय १७ मत प्राप्त गरे । २०७४ सालको निर्वाचनमा प्रेमनाथका बुवा राम बहादुर योगी वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

    रामबहादुर उमेरले नसक्ने भएपछि एमालेले छोरा प्रेमलाई टिकट दिएर बाबुको विरासत छोराको जिम्मामा लगाएको हो ।


    बुधवार, जेठ ११ २०७९०८:४२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij