Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा विजयी मेयर-उपमेयरले कति ल्याए मत ?

काठमाडौंमा विजयी मेयर-उपमेयरले कति ल्याए मत ?

  • शुक्रवार, जेठ १३ २०७९

  • 579
    SHARES

  • काठमाडौंमा विजयी मेयर-उपमेयरले कति ल्याए मत ?

    काठमाडौं । र्‍यापर बालेन्द्र साह 'बालेन' काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा विजयी भएका हुन् ।

    साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।

    उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

    स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा एक लाख ९० हजार नौ सय ६२ मत खसेकोमा सात हजार ६ सय मत बदर भएका छन् ।


    शुक्रवार, जेठ १३ २०७९०५:२५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij