Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेपाल भगवान् भरोसामा चलेको छ : राजेन्द्र महतो

नेपाल भगवान् भरोसामा चलेको छ : राजेन्द्र महतो

  • शुक्रवार, जेठ १३ २०७९

  • 523
    SHARES

  • नेपाल भगवान् भरोसामा चलेको छ : राजेन्द्र महतो
    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल भगवान् भरोसामा चलिरहेको बताएका छन् ।
     
    नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा लोसपा नेता महतोले पञ्च वर्षीय योजना सुरु गर्दाको नेपालको अवस्था र अहिलेको समय तुलना गर्न आग्रह गरे ।
     
    ‘७० वर्षको हाम्रो अभ्यास के छ ? नेपालले छलाङ लगायो कि लगाएन ? ७० वर्षअघि र अहिलेको अवस्था के छ ?’ महतोले भने, ‘समीक्षा हुनुपर्ने । के फड्को मार्‍यो त ?’
     
    कर्मकाण्डी नीति तथा कार्यक्रम ल्याउने र घण्टौँ छलफल गर्ने परम्पराको उनले विरोध गरे । गोलचक्करमा जनतालाई घुमाउने कार्य मात्रै भएको उनले टिप्पणी गरे । पहिलेका सरकारले ल्याएका विषय समेटेर नीति तथा कार्यक्रमा प्रस्तुत गरिने र त्यसलाई प्रतिपक्षले विरोध गर्ने परम्परा रहेको उनले सुनाए ।
     
    लोकतन्त्रको दुरुपयोग भएको महतोले आरोप लगाए । स्थानीय तहमा दलीय चुनाव आवश्यक नरहेको उनले बताए । ‘लोकतन्त्रलाई कमजोर बनाउने काम भएको छ’ महतोले भने ।


    शुक्रवार, जेठ १३ २०७९०५:०८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij