Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसद् सचिवालयमा दर्ता भयो यौन हिंसाका मुद्धामा हदम्यादको विधेयक

संसद् सचिवालयमा दर्ता भयो यौन हिंसाका मुद्धामा हदम्यादको विधेयक

  • आइतवार, जेठ १५ २०७९

  • 766
    SHARES

  • संसद् सचिवालयमा दर्ता भयो यौन हिंसाका मुद्धामा हदम्यादको विधेयक

    काठमाडौं । यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता भएको छ ।

    यौन हिंसाका मुद्धामा पीडितले उजुरी गर्ने हदम्याद बढाउनुपर्ने चौतर्फी आवाज उठेका बेला सरकारले उक्त विधेयक दर्ता गरेको हो ।

    कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्धामा हदम्याद बढाउने सम्बन्धी विधेयक आइतबार दर्ता गराएका संसद् सचिवालयले जनाएको छ ।

    मुलुकी अपराध संहितामा हाडनाता करणी र नाबालकमाथिको बलात्कारबाहेक अरु बलात्कार तथा यौन हिंसाको मुद्दामा पीडितले उजुरी गर्न पाउने हदम्याद एक वर्ष तोकिएको छ ।


    आइतवार, जेठ १५ २०७९०१:३३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij