Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कैलालीको मोहना नदीमा डुबेर दुई बालकको मृत्यु

कैलालीको मोहना नदीमा डुबेर दुई बालकको मृत्यु

  • आइतवार, जेठ १५ २०७९

  • 534
    SHARES

  • कैलालीको मोहना नदीमा डुबेर दुई बालकको मृत्यु
    काठमाडौं। कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
     
    धनगढी उपमहानगरपालिका-३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 
     
    मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका -३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेका उनले बताए । उनीहरू मध्ये चौधरी नदीमा डुबेपछि निकाल्न गएका गुप्ताको पनि डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
     
    दुवै जनाको शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।


    आइतवार, जेठ १५ २०७९०३:०६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij