काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आइतबार(आज) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिनुभएको हो ।
मन्त्री शर्माले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का लागि मात्र २ अर्ब ९ करोड रकम विनियोजन गरेको घोषणा गर्नुभएको छ ।