Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंका नवनिर्वाचित मेयर र उपमेयरको शपथ आज

काठमाडौंका नवनिर्वाचित मेयर र उपमेयरको शपथ आज

  • सोमवार, जेठ १६ २०७९

  • 724
    SHARES

  • काठमाडौंका नवनिर्वाचित मेयर र उपमेयरको शपथ आज

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह 'बालेन' र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।

    आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउने जानकारी दिनुभएको छ ।

    त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गरामउनु हुनेछ। सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा हुने छ । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।


    सोमवार, जेठ १६ २०७९०७:४५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij