Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालेनको घुर्की, ‘पत्रकार सुध्रिन कति समय लाग्ला ?’

बालेनको घुर्की, ‘पत्रकार सुध्रिन कति समय लाग्ला ?’

  • सोमवार, जेठ १६ २०७९

  • 5.5K
    SHARES

  • बालेनको घुर्की, ‘पत्रकार सुध्रिन कति समय लाग्ला ?’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले आज पदभार ग्रहण गरेसँगै पत्रकारसँग पनि सवालजवाफ गर्नुभएको छ ।

    महानगरको आफ्नै घर बनाउने विषयमा पत्रकारले प्रश्न गर्दा बालेनले आफूले यसअघि गरेको कुरा बुझ्न सुझाउनुभयो । लगत्तै पत्रकारले अर्को प्रश्न गरे, ‘काठमाडौंको फोहोर व्यवस्थापन गर्न कति समय लाग्ला ?’

    बालेनको जवाफ थियो, ‘पत्रकार सुध्रिन कति समय लाग्ला ? समय यतिउती भन्ने हुन्छ र ? गर्दै जाँदा कहिले सकिन्छ ।’

    पत्रकारहरुसँग कुरा गर्दै बालेनले सिसडोलबासीहरुको समस्या पहिलो प्राथमिकतामा राख्ने र काठमाडौंको फोहोरलाई सही व्यवस्थापन गर्ने बताउनुभयो ।


    सोमवार, जेठ १६ २०७९०३:०९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij