Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं १५ का अध्यक्ष डंगोलको घोषणा : फोहोर व्यवस्थापन नहुन्जेल बैठक भत्ता लिन्नँ

काठमाडौं १५ का अध्यक्ष डंगोलको घोषणा : फोहोर व्यवस्थापन नहुन्जेल बैठक भत्ता लिन्नँ

  • सोमवार, जेठ १६ २०७९

  • 785
    SHARES

  • काठमाडौं १५ का अध्यक्ष डंगोलको घोषणा : फोहोर व्यवस्थापन नहुन्जेल बैठक भत्ता लिन्नँ
    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नहुन्जेल आफूले बैठक भत्ता नलिने बताउनुभएको छ । 
     
    काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले आज राखेको नगर कार्यपालिका बैठकमा बोल्दै वडाध्यक्ष डंगोलले बैठक भत्ता नलिने बताउनुभयो । 
     
    ‘फोहोर व्यवस्थापन नभइरहेको अवस्थामा यो बैठकको भत्ता म लिन्नँ,’ उहाँले भन्नुभयो, ‘यो नोट गर्नुहोला। फोहोर व्यवस्थापन नभएको कारण म बैठक भत्ता लिन्नँ। पछि बैंक खातामा भत्ता भनेर नपठाउनुहोला।’
     
    डंगोल वडा नम्बर १५ मा यसपालि तेस्रो पटक अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भई वडाध्यक्ष हुनुभएको थियो।
     
    उहाँले फोहोर व्यवस्थापनमा महानगरले जोड दिनुपर्ने बताउनुभयो ।  कुहिने र नकुहिने फोहोरको बेग्लाबेग्लै व्यवस्थापन पहिलेदेखि गर्दै आए पनि फोहोर व्यवस्थापन गर्न नसकिएकोले नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ।


    सोमवार, जेठ १६ २०७९०५:३५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij