Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पोखराबाट १० शव लिएर काठमाडौं पुग्यो सेनाको हेलिकोप्टर 

पोखराबाट १० शव लिएर काठमाडौं पुग्यो सेनाको हेलिकोप्टर 

  • सोमवार, जेठ १६ २०७९

  • 908
    SHARES

  • पोखराबाट १० शव लिएर काठमाडौं पुग्यो सेनाको हेलिकोप्टर 
    काठमाडौं । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका १० जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौंका आइपुगेको छ ।
     
    आइतबार तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुँदा उक्त विमानका सबै २२ जना यात्रुको मृत्यु भएको थियो ।
     
    मृत्यु भएकामध्ये पहिलो चरणमा १० जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो । 
     
    आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको ट्वीनअटर विमान एक दिनपछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने स्थानमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।


    सोमवार, जेठ १६ २०७९०६:५५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij