Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विष्णु पौडेललाई मिनेन्द्रको जवाफ : आफ्नो बजेट पढ्नुहोस् न !

विष्णु पौडेललाई मिनेन्द्रको जवाफ : आफ्नो बजेट पढ्नुहोस् न !

  • मंगलवार, जेठ १७ २०७९

  • 542
    SHARES

  • विष्णु पौडेललाई मिनेन्द्रको जवाफ : आफ्नो बजेट पढ्नुहोस् न !
    काठमाडौं । आगामी आर्थिक वर्ष २०७९-८० को बजेटलाई लिएर नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल र नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालबीच ‘जुहारी’ चलेको छ ।
     
    सरकारले ल्याएको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमाथि मंगलबारदेखि संसदमा सुरु भएको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले थुप्रै प्रश्न उठाउनुभएको थियो । लगत्तै बोल्नुभएको रिजालले पौडेललाई प्रतिप्रश्न गर्नुभयो । 
     
    बजेटले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य, आधारहीन भएको पौडेलको टिप्पणी थियो । आगामी आवमा ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने आधार नभएको उनको दाबी थियो । ७ प्रतिशत मुद्रास्फीतिमा प्रश्न उठाएका उनले २१ प्रतिशत राजस्व वृद्धिको लक्ष्य अस्वभाविक भएको बताउनुभएको छ।
     
    कांग्रेस सांसद रिजालले भन्नुभयो गत वर्ष आफैंले ल्याएको बजेट सम्झिन पौडेललाई सुझाउनुभएको छ ।  ‘पोहोर उहाँले बजेटको विवरण संसदबाहिर प्रस्तुत गर्दा आज बोलेकै कुरा सम्झिएर बोलेको भए कति राम्रो हुने थियो ?,’ उहाँले भन्नुभयो, ‘मुलुक कोभिडले थलिएको थियो, खोप लगाउन सुरु पनि भएको थिएन । अर्थतन्त्र ६.५ प्रतिशतले वृद्धि हुनेछ भन्नुभयो । आज ८ भन्दा उहाँलाई अचम्मै लाग्यो । हिजो ६.५ प्रतिशतले मुद्रास्फीति हुन्छ भन्नुभयो, आज ७ भन्दा उहाँलाई त्यतिले पनि पुग्दैन जस्तो लाग्छ । भूमिका बदलिएको छ, यसो भन्दैमा हामीले बोल्ने कुरा आकाश–जमिनकै फरक पनि हुनुहुँदैन ।’
     
    १२ खर्ब ४० अर्ब ११ करोड राजश्व संकलनको लक्ष्यको पनि रिजालले बचाउ गर्नुभएको छ । स्वयं पौडेलले यसअघि ल्याएको बजेटमा पनि यस्तै राजश्व वृद्धिको लक्ष्य राखेको भन्दै उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको स्वभाविक गति, प्रचलित मूल्य, मुद्रास्फीति, कर उठाउने क्षमताबाट सजिलै लक्ष्यमा पुग्छौं ।’
     
    पूर्वअर्थमन्त्री पौडेलले वर्तमान सरकार बनेयता प्रतिदिन आर्थिक परिसूचक नकारात्मक बनेको र आगामी आर्थिक वर्षमा परिस्थिति अझ जटिल बन्न सक्ने बताउनुभएको थियो । तर सरकारको बजेट कल्पनामा विचरण गरिएको भन्दै पौडेलले भन्नुभएको थियो ।  ‘साधारण खर्च बढाइएको छ, पुँजीगत खर्च घटाइएको छ, बजेटको मूख्य लक्ष्य नै नेपाली जनता र दातृ संस्थालाई झुक्याउने गरी आएको छ ।’
     
    सांसद रिजालले सार्वजनिक ऋण, चालु खाता घाटा, बढ्दो व्यापार घाटा र पुँजीगत खर्च कम हुने समस्या ९ महिनामा मात्र सुरु नभएको जवाफ दिनुभएको  आन्तरिक ऋण बढ्दैछ, तर यो ऋण विरासतमा प्राप्त भएको हो नि ! यो खर्च हामीले नयाँ सिर्जना गरेको होइन । पछाडि फर्केर हेर्ने हो भने यो संसद निर्वाचित भएर आउँदा हामीले तिर्नुपर्ने ऋण कहाँ थियो, अवस्था के थियो, तपाईंहरुले छोड्ने बेला कहाँ पुग्यो ?’ अर्थतन्त्रका चुनौती बिरासतका रुपमा आएको भन्दै उहाँले भन्नुभयो, ‘यो जिम्मा हामीलाई लगाउनु सक्नुहुन्न ।’
     
    कोभिडपछि सामान्य लयमा फर्कदै गरेको अर्थतन्त्रमा आयात बढ्नु स्वभाविक भएको बताउनुभयो । को सत्तामा छ वा छैन भन्ने आधारमा अर्थतन्त्रका समस्या परिवर्तन नहुने भन्दै उहाँले गम्भीर छलफल गर्न तयार हुनुपर्ने बताउनुभएको छ । 
     
    एमाले सांसद पौडेलले बजेट प्राथमिकता छरिएको र स्पष्ट नभएको आरोप लगाउनुभएको थियो । कांग्रेस सांसद डा. रिजालले भन्नुभयो यो पनि विरासतमा प्राप्त भएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘म चुनौती दिएर भन्नु चाहन्छु, १, २, ३, ४ कुन चाहिँ बजेट पढ्ने ? तपाईंहरुले ल्याएको कुन चाहिँ बजेटमा प्राथमिकता स्पष्ट थियो ?’
     
    पूर्वअर्थमन्त्री पौडेलले ज्यादै वितरणमुखी कार्यक्रम ल्याएका अर्थमन्त्रीले वृद्धभत्ता भने ५ हजार किन नपुर्‍याएको भनेर प्रश्न गरेका थिए । २०७४ को चुनावमा एमाले र माओवादीले बनाएको संयुक्त घोषणा पत्रमा ५ हजार वृद्धभत्ता दिने वाचा गरेको स्मरण गराउँदै उहाँले अर्थमन्त्रीलाई प्रश्न गर्नुभएको थियो ।, ‘आफ्नै बाचा बिर्सिनु भएको हो ?’
     
    रिजालले यसमा पनि पौडेललाई जवाफ दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सरकार फेरियो नि ! तपाईंहरुको घोषणाको कार्यक्रम अब कसरी आउँछ ? आएन, स्वभाविक हो ।’
     
    एमाले सांसद एवं पूर्वअर्थमन्त्री पौडेलले आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने भएकाले यो चुनावी सरकार भएको, तर बजेट पूर्ण अवधिको सरकारको जस्तै ल्याएको भन्दै आलोचना गरेका थिए । ‘यो बजेट नभएर, चुनावी प्रचार जस्तो छ, भोट बटुल्ने उद्देश्यले आएको छ, मतदाता रिझाउने गरी आएको छ, यसले बजेटको मर्ममा प्रहार गरेको छ,’ उहाँले भन्नुभएको थिए ।
     
    कांग्रेस सांसद रिजालले पौडेललाई गत वर्षको अवस्था सम्झाउनुभयो । उहाँले भन्नुभयो, ‘अघिल्लो वर्ष २०७८ साल जेठ ८ गते संसद विघटन भयो । पूर्ववक्ता माननीयले १५ जेठमा प्रतिनिधिसभाबाट बाहिर बजेट प्रस्तुत गर्नुभयो । आफ्नो बजेट पढ्नुहोस् न !’
     
    ‘निर्वाचनको घोषणा गरेपछि तपाईँले ल्याएको बजेट र अहिलेको बजेटलाई तुलना गर्नुहोस्’ रिजालले सांसदमा भन्नुभयो, ‘अहिले प्रतिनिधिसभा यही छ, बजेट प्रतिनिधिसभाले पास गर्ने हो । तपाईँले संसद विघटन गरेर बजेट पनि भन्न नमिल्ने गरी प्रस्तुत गर्नुपर्ने गरी ल्याएको बजेटसँग तुलना गर्नु भएन । तपाईँले निर्वाचनको घोषणा गरिसकेपछि निर्वाचनलाई प्रभावित गर्ने गरी जे–जे भाषा प्रयोग गर्नु भएको थियो, त्यो भन्दा निकै कम भाषा प्रयोग भएको छ ।’


    मंगलवार, जेठ १७ २०७९०१:५०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij