Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालेन–ओली भेटमा यस्तो भएको थियो कुराकानी...

बालेन–ओली भेटमा यस्तो भएको थियो कुराकानी...

  • मंगलवार, जेठ १७ २०७९

  • 1.5K
    SHARES

  • बालेन–ओली भेटमा यस्तो भएको थियो कुराकानी...

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    बालेनले ओलीसँग स्थानीय तह निर्वाचनको मतगणना हुँदै गर्दा भेट गरेको खुलेको छ । भेटमा बालेन र ओलीबीच काठमाडौंलाई कसरी सुन्दर बनाउने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

    बालेन र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्वतन्त्र मेयर बालेनको सामाजिक सञ्जालमा क्रेज बढेसँगै दलले उनलाई नजिकबाट नियालेका छन् । काठमाडौंका जनताले बालेनलाई मेयरमा छनोट गरेपछि राजनीतिक दलहरु सोचमग्न भएका छन् ।


    मंगलवार, जेठ १७ २०७९०५:३८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij