Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

वीरगन्जको चिनी मिल सञ्चालन भए आफ्नो घर सरकारको नाममा पास गरिदिने सांसद श्रीवास्तवको घोषणा

वीरगन्जको चिनी मिल सञ्चालन भए आफ्नो घर सरकारको नाममा पास गरिदिने सांसद श्रीवास्तवको घोषणा

  • बुधवार, जेठ १८ २०७९

  • 884
    SHARES

  • वीरगन्जको चिनी मिल सञ्चालन भए आफ्नो घर सरकारको नाममा पास गरिदिने सांसद श्रीवास्तवको घोषणा

    काठमाण्डौं । सांसद विमल प्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भए आफ्नो घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन्।

    उनले घरको अलावा सो घर बेच्दा आउने रकम सहयोग गर्ने उल्लेख गरे ।आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताए।

    यस्तै, सांसद श्रीवास्तवले भने, ‘यसपालिको बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने भन्ने उद्घोष सुन्यौं यहाँ। त्यो स्वागतयोग्य छ। त्यसको लागि म अर्थमन्त्रीलाई धन्यवाद पनि दिन चाहन्छु। साथसाथै उहाँलाई एउटा निवेदन पनि म गर्न चाहन्छु, यदि यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने म त्यति सम्पन्न व्यक्ति होइन, मसँग पैसा पनि छैन। तर यो दुइटा सञ्चालन भयो भने मेरो नामको एउटा घर छ त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भए पनि एक करोड, डेढ करोड जति पैसा हुन्छ म यो सरकारलाई वीरगञ्जको चिनी मिल र कृषि औजार सञ्चालनका लागि त्यो फण्डमा म आफ्नो व्यक्तिगत रूपले सहयोग गर्ने आज सभामा म प्रतिज्ञा गर्दछु।’

     


    बुधवार, जेठ १८ २०७९०२:३०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij