काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगको उपाधि जितेको छ ।
सहिद स्मारक 'सी' डिभिजन लिग अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराउँदै झापा च्याम्पियन बनेको हो ।
झापालाई जित दिलाउन विशाल खवासले दुई गोल गरे । यस्तै मनिष लिम्बु र पुजन राईले एक एक गोल गरे ।
स्वयम्भूका पाल्साङ लामा र राजीव मगरले एक एक गोल फर्काए ।
लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अङ्क जोड्यो । दोस्रो बनेको प्लानिङ ब्वाइजले ३१ अङ्क जोड्यो । प्लानिङ समेत बी डिभिजनमा बढुवा हुने दोस्रो टोली बनेको छ ।
झापा यसअघिनै दोस्रो डिभिजनको लिगमा उक्लिएको थियो ।