Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

झापा र प्लानिङ 'बी' डिभिजनमा बढुवा, ओसिस र विरगंज भने रेलिगेसनमा

झापा र प्लानिङ 'बी' डिभिजनमा बढुवा, ओसिस र विरगंज भने रेलिगेसनमा

  • शुक्रवार, जेठ २० २०७९

  • 677
    SHARES

  • झापा र प्लानिङ 'बी' डिभिजनमा बढुवा, ओसिस र  विरगंज भने रेलिगेसनमा

    काठमाडौं । प्लानिङ ब्वाइज युनाईटेड सहिद स्मारक 'बी' डिभिजन लिगमा बढुवा भएको छ ।

    सहिद स्मारक 'सी' डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा ओसिस क्लबलाई ५-० गोल अन्तरले हराउँदै प्लानिङ बढुवा भएको हो ।

    प्लानिङको जितमा फागु राम थारुले ह्याट्रिक गोल गरे । यस्तै अर्जुन कुमार राना र ओम प्रकास चौधरीले एक एक गोल गरे ।

    यस जितसँगै प्लानिङले १३ खेलमा ३१ अंक जोड्यो र शीर्ष दुईमा स्थान पक्का गर्यो ।

    ओसिस भने रेलिगेसनमा परेको छ । यस्तै झापा फुटबल क्लब यस अघि नै बढुवा भईसकेको छ ।

    त्यस्तै विरगंज युथ एकेडेमी पनि यस अघि नै रेलिगेसनमा परिसकेको छ ।


    शुक्रवार, जेठ २० २०७९०६:०४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij