Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको फोहोर व्यवस्थापनका लागि गम्भीररूपमा गृहकार्य हुँदै

काठमाडौंको फोहोर व्यवस्थापनका लागि गम्भीररूपमा गृहकार्य हुँदै

  • शनिवार, जेठ २१ २०७९

  • 893
    SHARES

  • काठमाडौंको फोहोर व्यवस्थापनका लागि गम्भीररूपमा गृहकार्य हुँदै

    काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख लोकनाथ पौडेलले फोहोर व्यवस्थापनका लागि गम्भीररूपमा गृहकार्य भइरहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले महानगरपालिकामा निर्वाचित भएर आउनुभएको मेयर–उपमेयरको पहलमा फोहोर व्यवस्थापनको उचित व्यवस्थापनबारे गृहकार्य भइरहेको उल्लेख गर्नुभयो ।

    कार्यकारी प्रमुख पौडेलले घरबाट बाहिर निस्किसकेको फोहोरको वैकल्पिक व्यवस्थापन गर्ने बारे पनि गृहकार्यमा महानगर जुटेको स्पष्ट पार्नुभएको छ ।

    प्रारम्भिक चरणमै फोहोरको व्यवस्थापनमा ध्यान दिएर कुहिने र नकुहिने फोहोर अलग अलग ठाउँमा संकलन गर्न उचित हुने उहाँको भनाइ छ । 


    शनिवार, जेठ २१ २०७९०६:५१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij